विश्वसमाचार

बेलायत: लाइभ अन्तरवार्ताका बेला सांसदका छोराले गरे अचम्मको माग, त्यसपछि के भयो ?

नेपाल अखबार, एजेन्सि। बेलायतका एक सांसदले लाइभ अन्तरवार्ताका बेला असहज स्थितीको सामना गर्नुपर्यो । अन्तरवार्ता कोरोना महामारी र ब्रेक्जिटबारे चलिरहेको थियो । यतिबेला उनका दुई सन्तान क्यामराको अगाडि आए । उनका एक छोराले अनुहार पेन्ट गर्न उनलाई सहयोग गर्न भने ।
लाइभ प्रशारणका बेला कार्यक्रममा बाधाः
कन्जर्भेटिभ पार्टीका सांसदले मुस्कुराउँदै आफ्ना छोरालाई भने, ‘म तिम्रो अनुहार एक मिनेटमा पेन्ट गर्छु ।’ सांसद आफ्नो घरमा बनेको अफिसबाट अन्तरवार्ताका लागि जोडिएका थिए । अन्तरवारेता केही बेर प्रभावित भएपछि पुनः सुरु भयो । यसैबीच उनको अन्तरवार्ता पुनः रोक्नुपर्यो जब उनकी छोरी बीचमा आइन् । केही बेरपछि अन्तरवार्ता पुनः सुरु भयो जबकी यतिबेला उनका दुबै बच्चा ब्याकग्राउन्डमा खेलिरहेको देखिए ।
सांसदले रोक्नुपर्यो अन्तरवार्ताः
एक मौकामा सांसदले आफ्ना छोरालाई यस्तो भन्छन्, ‘आदम, के तिमी थोरै बेरका लागि चुप बस्न सक्छौ ?’ त्यसपछि दुबै बच्चाहरु बेडमा उफ्रिन थाल्छन् । अन्त्यमा उनले ब्याकग्राउन्डमा भइरहेको हल्लामाथि क्षमा मागे र अन्तरवार्ता समाप्त भयो । उनले मुस्कुराउँदै भने, ‘अब म पनि बेडमा उफ्रन जानुपर्ने भयो किनभने स्थिती अनियन्त्रित भइसकेको छ ।’

the authoradmin

Leave a Reply