प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा  सोमबार बिहान थप २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँका ११ जना र गोरखाका ९ जना गरी  प्रदेशका थप २० जनामा कोरोना भाइरस देखिएको बताएकाे छ ।
निर्देशनालयका अनुसार तनहुँ ऋषिङ गाउँपालिकाका  २, ३, ४, ५, ६ र ८ वडाका १९ देखि ५२ वर्ष उमेर समुहका ११  पुरुष तथा गोरखाको गोरखा १३ का ५२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र पालुङटारका  १५ वर्षीया बालिका तथा १३ देखि ५५ वर्ष उमेर समुहका ६  पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले बताएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।

the authoradmin

Leave a Reply