Monday, April 20

उइगरविरुद्ध ज्यादती भएको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहेको समयमा अमेरिकाले फेरि एकपटक उइगर मुसलमानको विषय उठाएको छ।

उइगर मुसलमानमाथि चीन सरकारले ज्यादती गरेको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगाएको छ।
चीनको सिनजियाङ प्रान्तमा उइगर मुसलमान समुदाय बसोबास गर्दै आएका छन्। अमेरिकाका अनुसार चिनियाँ अधिकारीहरुले उइगर समुदायका मानिसको श्रम शोषण गर्दछन्।
उइगरलाई जबर्जस्ती डर र त्रासको भरमा काम गराएकोभन्दै अमेरिकाले सिनजियाङमा निर्माण हुने कपडा, कम्प्युटरका पुर्जा तथा अन्य सामग्री खरिद नगर्ने भएको हो।
चीनले दश लाखभन्दा बढी उइगर मुसलमानलाई बन्दी बनाएको अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख गरिएका छन्।
प्रतिवेदनअनुसार ती मानिसहरुलाई विभिन्न स्थानमा काम लगाएर उनीहरुको श्रम शोषण गर्नुका साथै उनीहरुलाई चिनियाँ धर्मबारे पढाइन्छ, मुसलमान धर्म त्याग्न लगाइन्छ।

Advertisement
यद्यपी चीनले आफूले कहिल्यै उइगरलाई बन्दी नबनाएको बताएको छ। अमेरिकाले बारम्बार उइगरको विषय उठाउँदै चीनमा मानवअधिकार हनन भएको बताउँदै आएको छ।

चीनले भने उइगरका विषयमा भ्रामक सूचना नफैल्याउन चेतावनी दिँदै आएको छ। एजेन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *