नेपाल अखबार, पाेखरा। स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार कास्कीको पोखरा महानगरका ६ जना तथा स्याङजाका एक जना गरी गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।
निर्देशनालयले बुधबार तेस्रो विज्ञप्ति मार्फत पोखरा महानगरका ४, १०, १४, १७ र २५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो ।
पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ -२१ वर्षका २ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ४ > गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस