समाचारस्वास्थ्य

पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार  कास्कीको पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।
निर्देशनालयले बिहीबार बिहान  पोखरा महानगरका ९ का ३५ वर्षीय पुरुष, पोखरा  १० की २० वर्षीया महिला, पोखरा १५ का २९ वर्षीय पुरुष  तथा पोखरा २० की  २३  वर्षीया महिलामा  कोरोना देखिएको जनाएको हो ।
त्यस्तै गोरखा अजिरकोट र वारपाकका  ३० वर्षीया महिला र ५४  वर्षीय पुरुष, बागलुङ तमानखोलाका २३ वर्षीय पुरुष, बागलुङ ६ , १० र १३ का ३७ , १९ र ५९ वर्षका पुरुष, तनहुँ आबुखैरेनीकी ३९ वर्षीया महिला एवं नवलपुर देबचुली, गैंडाकोट र  मध्यबिन्दु का ५ पुरुष तथा ७ महिलामा कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।
याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २  सय १   पुगेको छ ।

the authoradmin

Leave a Reply