नेपाल अखबार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ :४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो।
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सो सडकमा सोमबार रातिदेखि पटक/पटक पहिरो खस्दै आएको छ। रासस
Nepal Akhabar > Blog > समाचार > नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
