नेपाल अखबार, पोखरा । पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा १ का ३८ वर्षीय पुरुष तथा ३ का ५४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २ जनाले नै पे–क्लिनिकमा परीक्षण गराएकाे थिए ।
यता नवलपरासी (ब.सु.पू) का २६ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कावासोतीका १५ तथा गैंडाकोटका ११ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना भारतबाट आएका हुन् । उनीहरु अहिले क्वारेन्टिनमा नै रहेको स्वास्थ्य निर्देशनालयले बताएकाे छ ।
यस्तै तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना नै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का पुरुष हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिएकाे छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल सख्ंया ३ हजार ३ सय २१ पुगेको छ ।


