समाचारस्वास्थ्य

पछिल्ले २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभरमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्।
मृत्यु हुनेमा मोरोङका २ पुरुष, काठमाडौँका एक महिला र एक पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
यो कुल संक्रमितमध्येको ०.६३ प्रतिशत हो।

the authoradmin

Leave a Reply