मनोरञ्जनसमाचार

दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?

Nepal Akhabar

नेपाल अखबार, एजेन्सी  । नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् ।
दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् ।
दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् ।
उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’
दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपिका आफू निकै बलियो भएको देखाउन चाहान्थिन् । उनी जे कुरा भित्र थियो बाहिर निकाल्न चाहान्थिन् ।’
दीपिका पादुकोण र रणवीर सिंहले सात वर्षसम्म एक अर्कासँग प्रेमसम्बन्धमा रहेर विवाह गरेका थिए । रणवीर सिंहले दीपिकाको तनाव कम गर्न निके सहयोग गरेका थिए ।

the authoradmin

Leave a Reply