दुर्घटनासमाचार

पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, चितवन। यसैबीच चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ ।
गीतानगरबाट सिताराम चोकतर्फ जाँदै लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नं. ६ पारसनगरमा ठक्कर दिँदा भरतपुर २३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको हो ।
उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

the authoradmin

Leave a Reply