Wednesday, April 22

पोखरामा होस्टल सञ्चालन गर्नेलाई पक्राउ

नेपाल अखबार, पाेखरा। काेरोना भाइरस नियन्त्रणका लागि सरकारले निषेध गरेको छात्रावास(होस्टल)सञ्चालन गर्ने एक जनालाई प्रहरीले कारवाहीका लागि प्रशासनलाई बुझाएको छ ।
पोखरा महानगरपालिका–४ गैहपाटनमा अवस्थित अलब्राइट होस्टलमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने छात्रावासका सञ्चालिका न्यूरोड घर भई गैहपाटन निवासी ३२ वर्षीया सरस्वती श्रेष्ठलाई आवश्यक कारवाहीका लागि  प्रशासनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
कोरोेना रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्धारा होष्टल, विद्यालय, व्यामशाला, धार्मिक स्थलहरु बढी भीडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णयको विरुद्दमा कार्य गरेको र छात्रावासमा पठनपाठन सञ्चालन गरेको उनको भनाई छ ।
सरकारले गत असोज १ गतेदेखी लामो तथा मध्यम दूरीमा यातायात सञ्चालनको निर्णय गरेपनि शैक्षिक संस्था, खेलकूद गतिविधि तथा धार्मिक कार्यक्रमहरुमा अझै पनि रोक लगाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *