भिडिओमनोरञ्जनसमाचार

सांगितिक क्षेत्रमा अगाडी बढ्दै अर्जुन सापकोटा

Nepal Akhabar
नेपाल अखबार, पोखरा। अर्जुन सापकोटा नेपाली सांगितीक क्षेत्रमा सुपरिचित नाम हो।उनका धेरै जसो गीतहरु रुचाईएका छन्।बनकी चरी, पिरती नलाम मोयां मन पोल्छ, भेटौं मकै बारीमा जस्ता दर्जनौं गीतहरुले संगितप्रेमी मनलाई छोएका छन्। सुमधुर स्वरका धनि गायक सापकोटा टिक टक मा समेत भाईरल कलाकार हुन्।मृदुभाषी, चन्चले एवं हंसीलो स्वभाव भएका उनी गायक मात्र नभै पछिल्लो समय मोडलिङ समेत गर्ने गर्छन्।उनको आफ्नै गीत बनकी चरीमा उनी स्वयंकै अभिनय रहेको छ।यतिखेर उनको पिरती नलाम मोयां मन पोल्छ, जन्मेकै गाउं रोयो, ल्याङ फ्याङ दशैं जस्ता गीतहरुले बजार तताईरहेका छन्।
पिता मणी प्रसाद सापकोटा र माता दुर्गादेवि सापकोटाको कोखबाट वि.स. २०५५ साल माघ १२ गते ज्यष्ठ सन्तानको रुपमा स्याङ्जा जिल्लाको पेलाकोट भम्ने ठाउँमा जन्मिएका सापकोटाको परिवार पछि बसाईसराई गरेर नवलपुर चोरमारामा गएको थियो। घर परिवारको साङ्गितिक माहोल सङ्गै वुवा मणी प्रसाद सापकोटा को गित लेखनबाट वुवाकै गित गाउन साथै आफै गित लेख्न प्रभावित भएका सापकोटा अहिले नेपालको चकलेटि गायक तथा कान्छा लोक गायकको रुपमा चिनिन्छन।
पछिल्लो समय बिभिन्न स्टेज कार्यक्रममा रुचाइएका सापकोटा संगितकै दाैरानमा भारत, अष्ट्रेलिया लगायतका देशहरुमा पनि आफ्नो साङ्गेतिक प्रस्तुति दिइसकेका छन। केही समय नवलपरासीको दर्पण एफ.एम. मा विभिन्न कार्यक्रम सञ्चालन गरेका साथै कार्यक्रम प्रमुख भइ काम गरेका थिए। उनी विशेषगरी लोकगित, दोहोरी गित, तिजगित, भजन, पन्चेवाजा लगायतका गितहरु गाउन साथै मोडलिङ गर्न बढी रुचाउछनँ। पछिल्लो समयमा उनलेे गरेको साङ्गितिक काम, शब्द संकलन, गितमा संगित भर्नु, मोडलिङ तथा साङ्गितिक क्षेत्र प्रतिको लगनशीलताका कारण अग्रज गायक तथा संगितकारहरुबाट स्यावासि पाएको र जस्ले गर्दा आफुलाई अझ बढि हौसला मिलेको उनी बताउंछन्।
नेपाली लोकदोहोरी क्षेत्रमा युवा पुस्ताको आकर्षण घटेको भन्दै बेलाबेलामा चर्चा हुने गरे पनि सापकोटाले नेपालको कला, संस्कृति र सभ्यतासँग जोडिएको यहीँ क्षेत्रमा आफूलाई क्रियाशिल पार्ने बताउने गरेका छन् । सापकोटाले यसअघि ‘पिरती नलाम मोयां’सार्वजनिक गराएका थिए । ‘वनकी चरी वनैमा’ ‘ल्याङ फ्याङ’ लगायतका गीतले उनी चर्चामा छन् ।तर, ‘वनकी चरी वनैमा’ गीत भने उनले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । यसरी नै दर्शकको माया पाइरहे आफू संगीतकर्ममै लागिरहने सापकोटाको भनाइ छ ।
the authoradmin

1 Comment

Leave a Reply