नेपाल अखबार, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिँडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश १ > चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो
