प्रदेश ७समाचार

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

Nepal Akhabar

नेपाल अखबार, बझाङ । बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । मष्टा गाउँपालिकाकी बालिका बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काका अनुसार बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ डीएसपी खड्काले भने ।
पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आफन्तले नै प्रहरीलाई खबर गरेका हुन् ।’
बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ । ‘घटनास्थलबाट बालिकाले लगाएको भनिएको मुन्द्रा भेटिएको छैन,’ डीएसपी खड्काले भने ।
बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा छन् । छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फकिँदै छन् । मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए ।
घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

the authoradmin

Leave a Reply