नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगको छ।

