समाचारसमाज

पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

नेपाल अखबार, पाेखरा । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ ।
उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

the authoradmin

Leave a Reply