Thursday, April 23

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ।
वल्र्डओमिटरका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार पाँच सय २९ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ संक्रमणबाट एक हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ८० हजार पाँच सय जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो सयम संक्रमण र मृत्युदर उच्च भएका देशमा भारत विश्वमै सबैभन्दा अगाडि छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ।
भारत कोरोना संक्रमणबाट धेरै मृत्यु हुने देशमा अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो स्थानमा छ भने संक्रमितको संख्या सबैभन्दा धेरै भएको अमेरिकापछि दोस्रो स्थानमा भारत छ।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय ४३ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ८७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *