Friday, April 24

१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित

नेपाल अखबार, एजेन्सि। अन्सु फाती स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गरे दोस्रो १७ वर्षीय खेलाडी बनेपछि टोलीले सेल्टा भिगोलाई हराउँदै लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।
फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो ।
तर, क्लेमेन्ट लेङलेटले दोस्रो पहेँलो कार्ड पाएपछि पहिलो हाफको अन्त्यमा रोनाल्ड कोम्यानको टोली १० खेलाडीमा सिमित बन्यो ।
खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे ।
फातीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । फातीले २७ लिगमा सो उपब्धि हासिल गरेका हुन् । मेस्सीलाई यो उपलब्धि हासिल गर्न ३० खेल लागेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *