Saturday, April 18

नेपालमा एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।
त्यस्तै आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन्।
आज थप १४ हजार ७३९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको १० लाख ४८, ६८६ संख्या पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *