Monday, April 20

पोखराको निमार्णाधीन विद्यालय भवनको अनुगमन

नेपाल अखबार, पोखरा । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधीन भवनको सोमबार अनुगमन गरेको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माणधीन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा निर्माण कार्यको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणका लागि स्थानीयको सकृय सहकागिता आवश्यक रहेको बताउनुभयो । भौतिक निर्माणसंगै शिक्षाको गुणस्तरीयता वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले शैक्षिक संस्थाहरु त्यसतर्पm केन्द्रित हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।निर्माण कार्यलाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिंदै उहाँले सम्झौता अनुसार समयमानै सम्पन्न गर्नेतर्पm निर्माण कम्पनी एवम् सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लालप्रसाद पोख्रेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी एवम् व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । भूकम्प पश्चात कास्की जिल्लामा दुई अर्व रुपैया भन्दा बढी रकमको लागतमा विद्यालयको भौतिक संरचना निर्माण भई रहेको जानकारी दिंदै उहाँले अन्य आवश्यकता भएको स्थानमा पनि नयाँ भवन निर्माणमा जोड दिइने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तीर्थराज अधिकारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एवम् भौतिक विकासमा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरिदै आएको बताउनुभयो ।सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारी, निर्माण समितिका संयोजक नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल लगायतले विद्यालयका गतिविधि माथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा हाल दुई सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *