Thursday, April 23

बरामद सामान भन्सार कार्यालयमा बुझाइयो

नेपाल अखबार, कञ्चनपुर। भन्सार छलेर ल्याइएको रु एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा (कसी) ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ ।
यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझाएको छ । मातीबाट रु आठ हजार ७०० रकम बराबरको मोटरसाइलका पाटपूर्जा बरामद भएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *