प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३७ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकाका ५ सहित गण्डकी प्रदेशमा विहिवार मध्यान्ह ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ४ का २६ वर्षीय पुरुष, ६ का २५ वर्षीय पुरुष, १० का ३७ वर्षीय पुरुष, १७ का ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसै गरि तनहुँ व्यास २ का ४५ वर्षीया महिला, वागलुङ गलकोट ३ का ३० वर्षीय पुरुष, ४ का ११ र १४ वर्षीया वालिका, ५ का २०–२०, २२, २५, ३४ वर्षीय पुरुषहरु, ६ का ५२ वर्षीय पुरुष, सोही नगरपालिका वडा नखुलेका २५ र २७ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, नवलपुर कावासोती ८ का २५ वर्षीया महिला, १६ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै नवलपुरकै विनयत्रिवेणी ४ का ३९ र ५३ वर्षीय पुरुष, देवचुली १ का ४६, ५० र ६३ वर्षीय पुरुष, ३ की ३२ वर्षीया महिला, ५ का ४४ वर्षीय पुरुष र ३२ वर्षीया महिला, ८ का ४५ वर्षीय पुरुष, १२ की २९ वर्षीय महिला, १३ का २५ वर्षीय पुरुष, १५ का ३६ र ५१ वर्षीय पुरुष, र वडा नखुलेका २७, ३२ र ४१ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ४ हजार ४ सय ४७ पुगेको छ ।

the authoradmin

Leave a Reply