Monday, April 20

गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोप निष्पक्ष रुपमा साझेदारी गर्न चीन डब्लूएचओले नेतृत्व गरिरहेको कोभ्याक्स योजनामा आवद्ध हुने भएको छ।
चीनका विदेशमन्त्री वाङ यीले बिहीबार गाभी नामको भ्याक्सिन गठबन्धसँग सम्झौता गरेको जनाएको छ। गाभीले डब्लूएचओसँग मिलेर कोभ्याक्स योजनाको सह–नेतृत्व गरिरहेको बताइएको छ।
यस योजनाअनुसार विश्वका सबै मानिसले कोरोनाविरुद्धको खोपमा पहुँच पाउनेछन्।
चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्,‘चीनले विकास गरेको खोप विश्वभरका देशलाई प्रदान गरिनेछ। सार्वजनिक हितको लागि हामी प्रतिज्ञा गर्दछौं। विकासोन्मुख देश यो योजनाको प्राथमिकतामा पर्नेछ।’
‘चीनका धेरै खोपहरू प्रमुख चरणमा प्रवेश गरिसकेपनि हामीले कोभ्याक्समा सामेल हुने निर्णय गर्यौ’ उनी भन्छिन्,‘विशेष गरी विकासोन्मुख देशहरुलाई खोपको उचित वितरण सुनिश्चित गर्न हामीले यो ठोस कदम चालिरहेका छौं र आशा छ अझ सक्षम देशहरु यसमा समावेश हुनेछन्।’
डब्लूएचओको कार्यक्रम अनुसार सन् २०२१ को अन्तिमसम्ममा विभिन्न राष्ट्रमा कोरोनाविरुद्धको खोपको २ अर्ब डोज वितरण गरिनेछ। एससीएमपी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *