समाचारस्वास्थ्य

एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, कुन जिल्लामा कति थपिए?

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकैदिन थपिएका संक्रमितमध्ये अहिलेसम्मकै उच्च संख्या हो।बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मोरङमा ३९४, चितवन १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । हाल मनाङ र मुस्ताङबाहेक देशभरका अरु सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ भने होम आइसोलेसनमा १७ हजार १६४ र संस्थागत आइसोलेसनमा १३हजार ६५४ जना रहेका छन् ।
यस्तै नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएको छ । यस्तै कुल संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

the authoradmin

Leave a Reply