Thursday, May 21

वस्तु, विचार र राज्यसत्ताको काम ।।

पुरुषोत्तम पौडेल,हेटौडा । वस्तु हेरेर विचार वन्छ । विचार मानव मस्तीष्कको उपज हो । वस्तु प्रकृतिको देन हो । विचार वस्तु र वस्तु निर्मित वातावरणको देन हो । वातावरण प्रकृतिको अनुपम लीला हो । वातावरणले विचारलाई निर्धारण गर्दछ । वातावरण वस्तुहरू विचको संघर्ष र मेलको समुच्चय हो । विचार मानव मस्तिष्कको समुच्चय हो ।
पदार्थ वस्तुको पर्याय हो । वस्तुलाई विभीन्न प्रकारका पदार्थमा विभाजित गरिएको छ । ठोस, तरल र ग्यास मानव मस्तिष्क कै उपज हो । मानव मस्तिष्कले नै वस्तु ( पदार्थ ) र वातावरणको गुह्य अध्ययन गरेर यसलाई मानव हित र उन्नतीका निम्ती उपयोग गर्दै अघि वढ्दै आजको अवस्थामा आई पुगेको हो ।
आजको मानव समाज भनेको विकसित मानव समाज हो । मानवहरूको प्रबल इच्छा, आकाङ्क्षा र आवस्यकता पुरा गर्न खोज गर्दै, आविष्कार गर्दै आजको स्थीतीमा आई पुगेको हो मानव समाज । यस क्रममा मानव समाजले ठुल ठुला कठिनाइ र आपत विपत पार गर्नु परेको छ । हरेक कठिनाइ र अप्ठेरा हरूलाई पार गर्दै अघि वढ्ने उपाय विकसित मानव मस्तिष्कले सुझाउदै आएको छ ।
मानव मस्तिष्कको गहन अध्ययन, चिन्तन-मनन र वैज्ञानिक खोज तथा अनुसन्धानले नै आजको समाज विकासको चरम चुलीमा आऊन सफल भएको हो । विज्ञान मानव मस्तिष्कको कठिन खोज भित्रको एउटा केन्द्र हो । जुन भावी विकसित र समुन्नत मानव समाजको द्योतक पनि हो । यो पदार्थको समुच्चय मानव मस्तिष्क र वस्तुगत यथार्थता वाट उव्जीएको मानव मस्तिष्कको उच्चतम विचारको प्रतिफल पनि हो ।
वस्तु हेरेर विचार बन्छ । पदार्थको आकार प्रकारले धारणा तथा अनुभूती प्राप्त हुन्छ । अनुभूती विचारको प्रारम्भ हो । अनुभूती गत धारणाले निर्माण तिर डोर्याउछ । मानव मस्तिष्कले एकै वस्तुबाट निर्मित धारणा मार्फत वस्तुको रूप परिवर्तन गरेर अनेकौ नया वस्तुहरूको निर्माण गर्दछ । संसारमा जति वस्तु छन, छदै छन । प्रकृती प्रदत्त वस्तुलाई विज्ञानले रूपान्तरीत गर्दछ र नया रूपमा विकाश गरि दिन्छ ।
पृथ्वीमा रूख उम्रिन्छ वढ्छ र ठुलो हुन्छ । त्यो वुढो भएर लडेर मर्छ पनि । मानव मस्तिष्कको नजरमा परेर उपयोग भएन भने सडेर पृथ्वीमा मिल्छ पनि । एउटा रुखबाट दुइटा रूख त वनाऊन सकिन्न । तर एउटा रुखबाट अनेकौ वस्तु वनाउन सकिन्छ । त्यसलाई वहु उपयोग गर्न सकिन्छ । मानव दिमाग र श्रम शक्ती द्वारा त्यसलाई आधुनिक शैलीका मानव हितका साधनमा फेर्न सकिन्छ । यी सव काममा मानव मस्तिष्क र विचारको आवस्यकता पर्दछ । यसरी मानवले वस्तु हेरेर विचार तथा धारणा वनाऊदछ । त्यस पछि आफ्नो आवस्यकता अनुकूल निर्माण गर्दछ ।
मान्छेले ओडार हेरेर गुफा , टहरो , कटेरो , आदी हुदै आजको दुनीयाको आधुनिकतम गगनचुम्बी महलहरू निर्माण गरेको छ । यो मान्छेको दिमागको चमत्कार हो । कुनै अलौकिक शक्ती र भक्तिको होईन । चराको उडाई अनी पात पतिङ्गरहरू हावामा लहराई रहेको हेरेर मान्छेको दिमागले गुव्वारा हुदै हेलिकोप्टर हवाईजहाज तथा आधुनिक युद्दक विमानहरूको आविष्कार गर्यो । रकेट तथा भू उपग्रह हुदै आकाशमा शहर वसाऊने योजना सुनाई रहेको छ ।
यी सवै मानव मस्तिष्क, उसको उच्चतम विचार क्षमता तथा कल्पना शिलता कै कमाल हो । कुनै दैवी शक्तिको खेल होइन । यसैगरी मानव समाजको वस्तुगत आवस्यकता कै कारणले राज्य, राज्य शक्ती र सत्ताको जन्म भएको हो । मानव समाजको निम्ती आवस्यक उपभोग्य वस्तुहरूको प्राप्ती र वितरणको समस्याले राज्य शक्तिको आवस्यकता वोध गराएको हो ।
आदीम मानव समाजमा उत्पादन कम हुनु र उपभोग गर्ने समाज वढ्दै जानुले उपभोगको निम्ती घमासान छिनाझप्टी को अवस्था आयो । भोकले पैदा गरेको लडाई तथा छिनाझप्टीले नै मानव समाजलाई दुई वर्गमा विभाजित गरि दियो । समाज पेट भरि खान पाऊने र भोकै वस्ने दुई वर्गमा वाडीयो । यहि वर्ग पछि शासक र शासित दुई वर्गमा रूपान्तरित भयो । स्वार्थी लोभी र तथा कपटी हरूलाई शासक वनायो । आफ्नो स्वार्थ लोभ र कपटको रक्षाको निम्ती उसले राज्य शक्तिको जोरजाम गर्यो । जुन तत्कालीन ऐतिहासिक आवस्यकता पनि थियो ।
शासक वर्गले शासित वर्गलाई आफ्नो कब्जामा लिई आवस्यकता पुरा गर्ने काममा लगाउन पर्ने भयो । यहिवाट ठगी खाने र गरी खाने वर्गको विकाश गरायो । यहि वाट राज्य, राज्य सत्ता र राजाको विकाश गरायो । त्यती मात्र होईन, प्रहरी, शेना, जेल नेल अड्डा अदालत र सवै किसीमका दण्ड सजायका साधन र रूपहरूको विकाश गरायो । आजको समाजले तिनै सूक्ष्म रूपहरूलाई व्यापक र विकसित वनाऊदै मानव हित र कल्याणका निम्ती प्रयोग गरिरहेका छन ।
तर पनि हाम्रो देश नेपाल लगायत धेरै मुलुकहरूमा राज्य सत्ता शोषक वर्गको हातमा रहेको छ । उनिहरू शोषित पिडीत श्रमजीवी जनताको रगत पसिनामा आनन्द संग शासन गर्दछन । मानव हित र कल्याणको नाममा राज्य यन्त्रलाई आफ्नो स्वार्थमा प्रयोग गर्दछन । यसैले गर्दा वर्गीय समाजमा निरन्तर सत्ता संघर्ष तथा हिंसात्मक द्वन्दहरू भैरहेका हुन्छन । समाजमा वर्ग रहे सम्म यो सवै जारी रहन्छ ।
शोषण, दमन, भेदभाव तथा अन्यायपूर्ण परिपाटीलाई वचाई राख्ने सोचले हामीलाई आधुनिक समाजका सुन्दर परिणामहरू चुम्न कठिन हुन्छ । हामीले पनि आधुनिक समाजको वरदानको सम्भावनाको ढोका खोल्ने हो भने विकाशको नियमलाई स्वीकार गर्नु पर्छ । सर्व प्रथम समाजलाई रूपान्तरित गर्नु पर्छ । वाधा वन्धन र षडयन्त्र लाई तोडेर प्रगती पथमा अघि वढ्ने शंकल्प गर्नु पर्दछ । अनि मात्र वस्तुगत आवस्यकता अनुकुलको परिवर्तनको वाटो प्राप्त हुन सक्छ । मानव मस्तिष्कको कल्पना शिलताको चमत्कारले वाटो पाउदछ । समाजले समय अनुकुल गती र परिवर्तनको अनुभूती गर्दछ।
कतिपय राज्यमा श्रमजीवी जनताले आफ्नो रगत, पसिना र श्रमलाई आफ्नै हितमा लगाऊने अथवा पसिना र श्रमको मुल्य आफैले उपयोग गर्ने संघर्षलाई सफल गरेका छन । न्यायपूर्ण र लोककल्याणकारी राज्य तथा समतामुलक राज्य सत्ताको स्थापना गरेका छन । जनताको आवस्यकता पुरा गर्ने र उनिहरूको सेवा गर्ने काममा राज्यका सवै अंगहरूलाई कृयाशिल वनाएका छन । शोषण दमन र अन्यायलाई निस्तेज गर्दै न्याय समानता र समुन्नती लाई राज्यको मूल आदर्श वनाएका छन ।
यस्ता देशमा सत्ता संघर्ष र हिंसा शोसित वर्गको लक्ष होईन घृणाको विषय वनेका छन । जसले हिसा तथा संघर्षको कारणलाई जरै देखी निराकरण गरि दिनु लाई आफ्नो उद्देश्य वनाएका छन । यो पनि मानविय समाजका समस्यालाई समाधान गर्ने मानव मस्तिष्क कै खोजको परिणाम हो । हेरौ आजको क्युबा र भियतनामलाई । अध्ययन गरौ चिनको विकाश र प्रगतिलाई । उनिहरूले कसरी समाजलाई आजको अवस्थामा ल्याई पुर्याए ।
जहा समस्या त्यहा समाधान । जहा आवस्यकता त्यही पूर्ती । खाचो मात्र खोज र अनुसन्धानको हुन्छ । आवस्यकता केवल मानव मस्तिष्कको सदुपयोग र व्यवस्थापनको हुन्छ । समस्याको पहिचान, समाधानका उपायको निरुपण र समस्या समाधानका निम्ती प्रतिवध्दता र निष्ठा मात्र चाहिन्छ । दुनियाँमा चमत्कार गर्न सकिने लाखौ लाख उपायहरू भेटिन्छन । हाम्रो देशमा पनि अहिले जनताको पार्टी सरकारमा छ । जनताको काम गर्ने हो भने उपाय लाखौ छन ।
केवल राष्ट्रिय एकता र जनताको आवस्यकतामा ध्यान केन्द्रित गर्न सक्नु पर्दछ । सरकारको ध्यान जनता र जनताको समस्या समाधानमा केन्द्रित होस । सव ठिक हुन्छ ।।।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *