Thursday, May 21

पोखरामा २१ कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा ६२ संक्रमित थपिए

नेपालअखबार, पाेखरा । पोखरामा आइतबार बिहान थप २१ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखराका २१ सहित गण्डकी प्रदेशमा बागलुङका ३६ र लमजुङ्गका ५ जना गरी थप ६२ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष , ४ का २९ वर्षीय पुरुष, ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, ८ का ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिका, १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, १६ की ३३ वर्षीया महिला, १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, २० की ८९ वर्षीया महिला, २२ की २७ वर्षीया महिला, ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।
त्यसै गरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका नेपाल आर्मीमा कार्यरत २१ देखि ५१ वर्ष उमेर समुहका २९ पुरुष तथा १९ वर्षीया महिला , नेपाल प्रहरी कार्यरत ३० र ३६ वर्षीय पुरुष, एक ३६ वर्षीय थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला , बागलुङ २ का ५६ वर्षीय पुरुष, लमजुङ बेसीसहर ७ की २७ वर्षीया महिला, ८ का २०, २२ र २७ वर्षीय पुरुष तथा मर्स्याङ्दी ३ का २० वर्षीया पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५३ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *