विश्वसमाचार

अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरिया आफ्नो इतिहासकै ठूलो सैन्य शक्ति प्रदर्शन गर्ने तयारीमा

नेपाल अखबार, एजेन्सि। उत्तर-कोरियाले आफ्नो इतिहासमै ठूलो सैन्य प्रदर्शनको तयारी गरिरहेको छ। कोरोना महामारीकै बीच उत्तर-कोरियाले सैन्य उत्सवको तयारी थालेको हो।
बीबीसीका अनुसार उत्तर-कोरियाको सत्तारूढ दल वर्कर्स पार्टीको ७५औं वार्षिकोत्वसका अवसरमा अहिलेसम्मकै (उत्तर कोरियाको इतिहासमा) ठूलो सैन्य परेड गर्ने तयारी भइरहेको हो।
उत्तर-कोरियाका लागि यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने तथा कम्युनिस्टको शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो।
निकै वर्षदेखि अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरियाका सर्वोच्च नेता (शासक) किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भए पनि कुनै सम्झौता हुन सकेन।

the authoradmin

Leave a Reply