Monday, April 27

कोईराला फाउण्डेशन पर्साले रक्तदान

इरफान अली, वीरगंज। वीरगंजमा रगत अभाव भए पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले अकास्मिक रक्तदानको आयोजना गरेको छ । समाजिक र्कायका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले रक्तदान र्कायक्रमको आयोजाना गरेको हो ।
०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारले देशभरी कोरोनाको कारण लकडाउन लागु गर्याे । सामान्य जनजीवन समेत प्रभावित भएको छ । मानिस अस्तित्व नै समाप्त पार्ने गरि आएको महामारीका कारण देशमा बन्दा बन्दि गर्याे । मानिस आवत जावतमा रोक समेत लागेपछि वरिगंज रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थाले पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो ।
ऋायोजना गरिएको रक्तदान कार्यक्रममा १ महिला सहित १०२ जनाले रगत दिएका फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जनाए । नेपाल सरकारले लागु गरेको बन्दाबन्दिका नियमानुसार गरिएको पर्सा फाउण्डेशन कोषाध्यक्ष मनोहर साहले बताए ।
यद्धपि शुरुमा केही बेर मानिसहरुको उपस्थिति भएपछि भिडभाड बढ्न थालेपछि समाजिक दुरी कायम गराई पुणह रक्तदान र्कायक्रम शुरु गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।
रक्तदान कार्यक्रममा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो । र्कायक्रममा नेपाली काग्रेंस पर्साका जिल्ला सभापति अजय कुमार दुवेदी, नेपाली काग्रेस पुर्व सांसद अनिल कुमार रुगंटा,नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम कुमार पोख्रेल,प्रदेश सभासद ओमप्रकास शर्मा,नेपाली काग्रेसका महा समिति सदस्य प्रकास यपाध्याय,वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, नेपाली काग्रसका युवा नेता राम नारायण कुर्मी,फाउण्डेशन पर्साकी सहसचिव मीण्टु देवि सिंह,फाउण्डेशनकि सदस्य प्रीति सिंह, वीरगंज महा नगरपालिकाका उप प्रमुख शान्ति कार्की,फाउण्डेशन पर्साका सल्लाहकार हरेराम ठाकुर,प्रध्यापक एवम समाजसेवी रुदल ठाकुर लगायतको सहभागिता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *