नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसैवर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेको छ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको बताएको रोयटर्सले जनाएको छ।
उनले भनेका छन्,‘हामीलाई कोरोनाको खोप चाहिन्छ र यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ।’
मंगलबार टेड्रोसले कोरोनाको खोप उपलब्ध भइसकेको अवस्थामा त्यसलाई समान रुपमा वितरण गर्न विश्वका नेताले ऐक्यवद्धता जनाउनुपर्ने पनि बताएका थिए।

