नेपाल अखबार, काठमाडाैं। गएराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ दिनदेखि जारी आमरण अनसन तोडेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच उनले अनसन तोडेका हुन्।
सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्य राति ८ बुँदे सहमति भएको थियो।
सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो।
बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु भएको छ।

