समाचारस्वास्थ्य

२४ घण्टामा कोरोनाबाट थप २२ को मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना संक्रमित भइ ७६ जना भेन्टिलेटरमा रहेकोमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३२९ जना आईसीयुमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।

the authoradmin

Leave a Reply