समाचारसमाजस्वास्थ्य

सुनसरीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार, सुनसरी । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
सुनसरी जिल्लाको धरान –२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।

the authoradmin

Leave a Reply