Saturday, August 29

यारूखोलाको भेलले खच्चड बगायो, बचाउन गएका एक बेपत्ता

नेपालअखबार, गाेरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित यारू खोलामा आएको बाढीले बगाएको खच्चड बचाउन गएका एक व्यक्ति बेपत्ता भएका छन्।

Advertisement

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय माइला गुरूङ आइतबारदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको छ।

Advertisement
Advertisement

बाढीले खच्चडलाई बगाएपछि उनी बचाउन गएका थिए। खच्चडलाई बचाउन खोज्दा चिप्लिएर उनी भेलमा परेको प्रहरीको भनाइ छ। उनी खच्चड धपाउने काम गर्थे।

Advertisement

यारूखोलाको भेलबाट बगेका उनी नजिकैको बूढीगण्डकीमा पुगेपछि बेपत्ता भएको स्थानीयहरूले बताएको प्रहरीले जनाएको छ।