Thursday, April 23

२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्।

भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्।

Advertisement

पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्।

मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे।

बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन्। सोमबार संक्रमितको संख्या घटेको छ।

पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।

यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

सबैभन्दा बढी सोमबार केरलामा २७८६ संक्रमित भेटिएका छन्। यो सँगै केरलामा संक्रिय संक्रमितको संख्या २२२७८ पुगेको छ। यहाँ १६.०८ प्रतिशत पोजेटिभ रेट रहेको छ।

यस्तै महाराष्ट्रमा २३५४ जनामा संक्रमण पुष्टि भएको छ। महाराष्ट्रमा कोरोनाको पोजेटिभ रेट १०.३६ प्रतिशत छ।

यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा १०६० जना संक्रमित फेला परेका छन्। दिल्लीको संक्रमण दर १०.०९ प्रतिशत रहेको छ।

अहिले भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको छ।