Tuesday, May 5

अनुसन्धान तथा विकासका लागि सहकार्य दुई दिने तालिम

सपना क्षेत्री,  पर्वत। अनुसन्धान तथा विकासका लागि सहकार्य  गर्दै  दुई दिने  तालिम सम्पन्न भएकाे छ ।   कुश्मा नगरपालिकाको होटल फ्रेन्ड्ली होटलमा दुई दिने अनुसन्धान तथा विकासका लागि सहकार्य भन्ने बिषयमा  प्रमुख कृष्ण बहादुर खड्का र  नरेन्द्र रोकाया  तालिमलाई सहजिकरण गरेका थिए ।  तालिममा  ९जनालाई  सहाभागिता गराएकाे  थियो  ।

मोदी गाउँ पालिकाबाट १ जना ,कुश्मा नगरपालिकाको वाट २ जना ,फलेबास नगरपालिका बाट २ जना ,पौयु गाउँ पालिका बाट २ जना र यादी व्यादी गाउँ पालिका बाट २जना गरी जम्मा ९ जना सहभागी छन् ।   सहकारीको बारेमा प्लान इन्टरनेशनल नेपाल र एनप्रेड नेपाल युवा महिला सशक्तिकरण परियोजना मार्फत सन्चालन भएको हो।   प्लान इन्टरनेशनल नेपाल इनप्रेड् नेपाल दुवर यस समुदायमा महिला सशक्तिकरणको लागि सहकारीमार्फत गरिब निवारण गर्न र महिला लाई लगानि संगै उधमि भन्ने कुरा जोड दिएको छ ।  यो परियोजना २२ महिनाका लागि पर्बत मा रहेको २०वटा सहकारी मा सन्चालन भएको थियो सहकारी भएको ८४०जना लाई सहकारीकाे  बारेमा सोधपुछ गर्न र निचोड निकाल्ने काम सुरु भएको छ ।

Advertisement