प्रतिनिधिसभा सिटका लागि निर्वाचन भएकाे कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई जितकाे नजिक पुगेकी छिन् ।
कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् ।
कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।
रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै ८ हजार ५ भन्दा माथि पुगिसकेको छ ।