Thursday, April 23

देशभर थपिए ११३ कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११३ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

२ हजार ७२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ५४९ जनाको पिसिआर र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४७१ जना सक्रिय संक्रमित छन्।

२० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।