नेपालअखबार, डोटी । डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् ।
बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।