प्रशासनसमाचार

जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ

नेपालअखबार, चितवन। प्रहरीले जबरजस्ती करणी गरी फरार भएका एक शिक्षकलाई दश वर्षपछि पक्राउ गरेको छ।

चितवन साविक गोरखा नगरपालिका-७ का ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्।

उनका अनुसार ढकाललाई शुक्रबार भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो।

ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतोले बताए।

उच्च अदालत कास्कीले ढकाललाई पाँच वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर उक्त फैसलापछि उनी फरार थिए।

प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको जनाएको छ।

the authoradmin