समाचारसमाज

चट्याङ लागेर २ जना घाइते

नेपालअखबार, दाङ। दाङको  बंगलाचुली गाउँपालिकामा  वर्षासँगै आज तीनवटा घरमा चट्याङ परेको छ ।  गाउँपालिकाको वडा नम्वर ५  र  ६ को सुकिदहका तीन वटा घरमा चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङबाट उक्त गाउँपालिको वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाइते भएका छन् ।

आज दिउँसो करिव ३ बजेतिर चट्याङ परेर घाइते भएका दुबै जनालाई उपचारका  लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

the authoradmin