Tuesday, April 21

ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।

Advertisement

जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो।

हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो।

जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।