Wednesday, July 8

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नेपालअखबार, चितवन। पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ।

Advertisement

चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पाेखरातर्फ जाने सवारीसाधनबीच बाटाेमा नै राेकिएका छन्।

Advertisement