
नेपालअखबार । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह “विसंगत बस्ती” को बिमोचन गरियो। नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटी स्वयम् ले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो।
कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो भने साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समिक्षा गर्नुभएको थियो।
डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु बाचन गर्नुभएको थियो। डा ऋषि बस्ताकोटी को दोस्रो साहित्यिक कृति विसंगत बस्ती बि एन पुस्तक संसारले हालसालै बजारमा ल्याएको हो।

