राजनीतिसमाचार

स्वास्थ्य मन्त्री खापुङले बंगलादेश र भारतका राजदुत संग छुट्टाछुट्टै भेटघाट

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य मन्त्री भवानी प्रशाद खापुङले बुधबार बंगलादेश र भारतका राजदुत संग छुट्टाछुट्टै भेटघाट गर्नु भएकाे छ। स्वास्थ्य मन्त्रीकाे कार्यकक्षमा मन्त्री खापुङले दुई देशका राजदुतहरु संग छुट्टाछुट्टै भेट गर्नु भएकाे हाे ।

भेटका क्रम बंगलादेशका राजदुत सलाहुदिन नाेमन चाैधरी संग नेपालले बंगलादेश संग जलविद्युत र पर्यटनमा समेत सहकार्य गर्न ईच्छुक रहेकाे जानकारी गराउनु भएकाे छ । यस्तै नेपालमा उत्पादन हुने बिधुतकाे बारेमा चासाे राख्दै बंगलादेशका राजदुत चाैधरीले नेपालकाे बिधुत बंगलादेश लैजानका लागि ईच्छुक रहेकाेले चाडै दुई देशकाे उर्जामन्त्रीहरु संग बैठक गरि ठाेस निर्णय निकालिने बताउनु भएकाे छ ।

यस्तै भारतीय राजदुत श्री नवीन श्रीवास्तब संग पनि छुट्टै भेटघाटकाे क्रममा नेपाल र भारत बिचकाे राम्राे सम्बन्धले गर्दा काेभिड १९ लाई सजिलै परास्त गर्न सकिएकाे धारणा राख्नु भएकाे छ।

भेटघाट कै क्रममा नेपाल र भारत बिचकाे सम्बन्ध राजनितिक ,सामाजिक र आर्थिक रुपमा समेत जाेडिएकाे लामाे ईतिहास भएकाेले यसलाई थप मजबुत बनाउदै लैजानु पर्ने स्वास्थ्य मन्त्री खापुङले राख्नु भएकाे छ।दुई देशका राजदुतहरु संगकाे सिस्टचार भेटघाटले देशकाे बिकास र सम्बृद्विमा ईट्टा थपिएकाे मन्त्रीका स्वास्थ्य सल्लाहकार रमेश ढकालले बताउनु भएकाे छ ।उहाका अनुसार याे भेटघाट नियमित प्रकृया भएकाे समेत बताउनु भएकाे छ ।

the authoradmin