प्रदेश ४समाचारसमाज

रेडक्रशको संस्थागत क्षमता विकासका लागि उपशाखाहरुलाई तालिम

गोरखा । रेडक्रशको संस्थागत क्षमता विकासका लागि जिल्ला शाखा तथा उपशाखाहरुलाई तिन दिने तालिम सुरु भएको छ । गोरखा शाखाको आयोजनामा बिहिबारदेखि सदरमुकाममा ३ दिने तालिम सुरु भएको हो ।
तालिममा बिशेष गरेर रेडक्रशको मर्म, संस्थागत विकास, समाज सेवा, विपद ब्यवस्थापन तथा सामना, उद्दार, संगठन विस्तार, ब्यक्तिगत विकास लगायतका बिषयमा प्रशिक्षण गराइने सभापति भगवानबाबु मास्केले बताए ।
जिल्ला शाखा सभापति मास्केको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा रेडक्रशका गण्डकी प्रदेश सभापति सूर्य प्रसाद ढकालको प्रम्ुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रेडक्रशका केन्द्रिय कार्यालयका संगठन विभाग प्रमुख कृष्ण घिमिरे, जिल्ला शाखा मन्त्री राजेन्द्र न्यौपाने, जिल्ला सदस्य रहमतुल्ला मियाँ लगायतले प्रशिक्षणमुलक मन्तब्य ब्यक्त गरेका थिए । तालिममा जिल्लाका झण्डै ३० उपशाखाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको जिल्ला शाखाका कार्यालय प्रमुख सुवास घिमिरेले जानकारी दिए ।

the authoradmin

Leave a Reply