नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई पुनअर्थमन्त्री बनाउने निर्णय गरेको छ । माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
शर्मालाई आजै शपथ गराउने तयारी गरिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिनुभएको थियो ।
यसबारे छानबीन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले शुक्रबार बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएको थियो ।