समाचारसमाज

आँखा नदेख्ने पुनमलाइ शिक्षाको उज्यालो देखाउदैछन पोखराका होम नेपाली

Nepal Akhabar

नेपालअखबार, पाेखरा । सिद्धान्तको रङ्ग खहिरो हुन्छ व्यबहारको रङ्ग हरियो हुन्छ त्यसैले सिद्धान्त अनुसारको व्यबहार अबलम्बन भएन भने सिद्धान्त फगत सिद्धान्तमा मात्र सिमित रहन्छ । त्यसैले कम्युनिस्टहरु निस्वार्थ रुपले जनताको सेवामा समर्पित हुनसक्नु पर्छ । बिकट दुरदराजका ग्रामीण भेगमा पुगेर हेर्दा छुट्टाछुट्टै प्रकारका समस्याहरुबाट जेलिएका छन स्थानीय बासीहरु । उनीहरुले आफ्ना समस्या राख्ने असल प्रतिनिधि पाउनसकिरहेका छैनन यो बस्तुगत परिस्थितिलाई मध्यनजर राख्दै पार्टी सङ्गठन निर्माणका क्रममा माछापुच्छ्रे गाउपालिका वडा नम्बर ६ धितालमा नेकपा एसबाट दलित महिला सदस्य पदकी उमेदवार स्थानीय सीता सुनारले सोही वडा निवासी लक्षमण बिकको एक छोरी र एक छोराको अवस्थाको बारेमा बताइन ।
उनको कुराले अब के कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा मेरो मानसपटलमा कौतुहलताले छायो नभन्दै प्रयास गरे सफल भइदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ । लक्षमण बिक हाल कतारमा कार्यरत छन ।
घरायसी परिस्थितिलाई सहज बनाउन उनी बिदेशी भुमीमा मजदुरी गरिरहेका छन यता भने उनकी कक्षा ५ मा अध्यनरत छोरी पुनम बिक आँखा अत्यन्तै कम देख्दी रहिछिन उनलाई आँखा जाँच गर्नका लागि आखा हस्पिटल लगियो । त्यहा कार्यरत योगि सरले लो भिजन कार्ड बनाउन निक्कै ठूलो सहयोग गर्नु भो । लो भिजन कार्ड भएकोले पोखराको प्रतिष्स्ठित बिद्यालय अमरसिंह उच्च माध्यमिक विद्यालयमा उनलाई कक्षा ५ देखि कक्षा १२ सम्म होष्टल सुबिधा सहित निशुल्करुपमा अध्ययन गर्ने बाताबरण बनाइएको छ भने त्यसै गरि उनको सानो भाइ छात्रवृत्तिमा नर्सरी पढदैछन । आमालाई सानो भए पनि नोकरीको मिलाइएकोछ ।

समाजसेवामा अहोरात्र तल्लिन भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा जन्मीएका होम नेपाली कहिले नर्सरी देखि कक्षा ८ सम्म निशुल्क अग्रेजी माध्यममा पढाउनका लागि माछापुच्छ्रे गाउपालिका वडा न्म्बर ३ घाचोकमा बिधालय बनाउन बर्षौ खटिएका छन त कहिले आफू पढेको वसन्त आधारभुत विद्यालय मर्च हुनलाग्दा निशुल्क अग्रेजी माध्यमबाट बिध्यार्थीलाइ पढाउन विभिन्न सङ्ग सस्था धाउछन । त्यति मात्र नभएर छुवाछुत मुक्त अभियानलाइ प्रभाबकारी बनाउन भाडा नमाझ्ने ( चिया खाएको गिलास )अभियान चलाउछन ।
अनि मुटु रोगीलाइ निशुल्क उपचार गराउन पहल गरेका छन त्यति मात्र कहाँ हो र घान्द्रुक फुलिबाङ्गमा रहेको झुपडीमा आगो लागि हुदा राहतका लागी स्थानीय चक्र बिकलाइ साथमा लिएर रेडक्रस धाउने र जलेको घरमा ५० औ हजारका जस्ता पाता उपलब्ध गराउन संघ सस्था चहार्छन । अझ भर्खरै मात्र घान्द्रुक गाउको सिमैमा भत्कन लागेको घरमा जस्तापाता लिएर घर बनाउने कार्यमा सरिक बन्दैछन । यसै बिचमा सयौको संख्यामा कास्की क्षेत्र नम्बर ३ का विद्यार्थीहरुलाइ छात्रवृत्ति विभिन्न संघ सस्थाबाट उपलब्ध गराएकाछन । सानै उमेरबाट राजनीति र समाजसेवामा होमिएका उनी अहिले पनि उत्तिकै कृयाशील छन ।

the authoradmin