प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण

नेपाल अखबार, पोखरा ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा एकै दिन थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा २८७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा मात्र सक्रिय कोरोना संक्रमितहरुको संख्या ५० छ । मन्त्रालयका अनुसार हाल सम्मका कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७६ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६३ जना संक्रमितहरु निको भएका छन् ।