Sunday, July 26

चन्द्रावती वाग्ले को तिजगित बजारमा

नेपाल अखबार, पोखरा ।साहित्यकार एवं गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो शून्य छ जन्मेको घर बरी लै मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले गीत सार्वजनिक गरे ।

Advertisement

उनले मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । पुरुषले तीजे गीत गाउनु अशोभनीय भएको उल्लेख गर्दै उनले महंगो होटल र पार्टी प्यालेसमा टिकटमा दर खाने कार्यक्रम तीजमा विकृति थपेको उनको भनाइ छ ।

Advertisement
Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पछिल्लो समय विकृति बढाउने खालका गीत बजारमा आउने क्रम बढेको उल्लेख गरिन् । उनले मिडियाले मौलिक गीतलाई प्राथमिकतामा राखेर प्रकाशन/प्रसारण गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement

साहित्यकार वसन्त चालिसेले वाग्लेका गीतमा समाजको यथार्थ झल्किएको धारणा राखे । गायिका वाग्लेले समाजमा घट्ने घटना क्रमलाई गीतमार्फत उजागर गर्नु एउटा सचेत नागरिकको दायित्व सम्झदै बर्सेनि तीजका एल्बम बजारमा ल्याउने गरेको जनाइन् ।

गीतको भिडियो निर्देशन/छायांकन/सम्पादन शिवराज भुर्तेलले गरेका हुन् । भिडियोमा तीर्थराज बस्नेत, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गरेका छन् । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युटब च्यानलले बजारमा ल्याएको हो ।

वाग्लेका यसअघि आइन छोरी भनेर, नरोए आमा, जागिरे नारीको पीडा भाग १, गरिन गुनासो, जागिरे नारी भाग २, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौं बरी लै, रमाइलो माइतैमा र जड्याहा पोइ बजारमा आएका छन् ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको तेस्रो स्थापना दिवसको अवसरमा गरिएको विमोचन कार्यक्रममा संस्थाका उपाध्यक्ष अम्बिका भण्डारी, न्युरोड महिला उत्थान मञ्चका अध्यक्ष अम्बिका भण्डारी, साहित्यकारहरु गायत्री पराजुली, गीता तिवारी, सहनशीला पौडेल, लक्ष्मी थापा लगायतले बोलेका थिए । कार्यक्रम नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको थियो ।