Tuesday, May 5

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपिल पौडेल, पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले कुुडहर आधाभुुत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको नि:शूल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबाकिा अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्व कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । वताउनुभया शिविरमा ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण ,दाँत परिक्षण साथै आँखा तथा कानको परिक्षण गरिएको थियो । अस्पतालले बिध्यार्थी शिक्षकलाई सबै खाले उपचारमा २५ प्रतिशत शहुृलियत दिने बारेमा पनि सहमती भएको छ । बिध्यालयको तर्फबाट बिध्यालयका प्रध्यानाधापक निलकण्ठ पाठकको उपस्थिती रहेको थियो।अघिल्लो वर्ष विधालय मा भएको शिविर फलदायी भयकोले यशवर्ष पनि अस्पताललाइ आग्रह गरिएको प्र.अ.पाठकले जानकारि दिए । स्वास्थ्य परिक्षणमा बालरोग बिषेशज्ञ डा. किरण शर्मा , विधान घिमिरे साथै सुुगर प्रेशर तथा थाईराईड रोग बिषेशज्ञ फिजिसियन डा. सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो। शिविरको महत्व वारेमा प्रकास पार्दै बालरोग विशेषज्ञ डा.किरण शर्माले वालवालिकाले डाक्टर संगको परामर्श बिना औषधि सेवनले वालवालिकामा गम्भिर खालका अशर देखिने भएकोले अनावश्यक औषधि डाक्टर परामर्श बिना सेवन नर्गन आग्रह गरे । रामघाट युुवा कल्वका सचिव अमित गुुरुङको बिषेश संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामाजिक क्षेत्रमा सक्रिय क्लवले यस्ता कार्यक्रमलाइ निरन्तर अगाडि बढाउने सचिव गुरुङले वताउनुभयो ।

Advertisement